एमाले सकियो भन्छन्, यो सकिन जन्मेको पार्टी नै होइनः ओली

काठमाण्डु टुडे २०८३ असार २५ गते १५:२८ मा प्रकाशित

काठमाण्डू, २५ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई राम्रो अवस्था बनाउनको लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने तर्क गरेका छन ।

आज (बिहिबार) एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले देश बनाउने पार्टी भएको अध्यक्ष ओलीले बताए  ।

उनले भने, ‘मान्छेहरू एमाले सकियो, एमाले सकियो भन्छन्। एमाले सकिन जन्मेको पार्टी नै होइन। यो त बढ्न, सफल हुन, देश बनाउन जन्मेको पार्टी हो ।

केही नभए पनि उठ्छ, यो ठाउँमा पुगेको छ र फेरि पनि अगाडि बढ्छ । यो मात्तिँदैन, आत्तिँदैन।’ उनले एमाले विशाल नदीको जस्तो गतिशील भएर आफ्नो प्रवाहमा बगिरहने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us