एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा

काठमाण्डु टुडे २०८३ असार १७ गते ६:२५ मा प्रकाशित

काठमाडौं-  कप्तान किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार बिहान न्यूयोर्क–न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो ।

पहिलो हाफको इन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि ५३औं मिनेटमा ब्राडली बारकोलाले गोल थप्दै अन्तर दोब्बर बनाए ।

७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको सहज जित सुनिश्चित गरे । खेलभर फ्रान्सले स्वीडेनमाथि स्पष्ट दबाब बनाएको थियो ।

यस खेलमा दुई गोल गरेसँगै एम्बाप्पे विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पुगेका छन् ।

उनले ६ गोलसहित लियोनेल मेसीसँग बराबरी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us