पेट्रोलमा २०, डिजेलमा ३० र ग्यासमा १०० रुपैयाँ घट्यो

काठमाण्डु टुडे २०८३ असार १७ गते ६:१६ मा प्रकाशित

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको जनाएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो ।

नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमै बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us