सांसद आचार्यको पहलमा ३ सय सय्याको अस्पताल

काठमाण्डु टुडे २०८१ वैशाख १४ गते २१:०६ मा प्रकाशित

विराटनगर, १४ वैशाख– मोरङको सुन्दरहरैचा गरपालिकाको गोठगाउँमा ३ सय सय्याको अस्पताल निर्माण हुने भएको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर–६ (क) बाट निर्वाचित कोशी प्रदेशसभा सदस्य जीवन आचार्यको पहलमा उक्त अस्पताल बनन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्डले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा अस्पताल निर्माणको प्रतिबद्धता जनाए ।

चालु आर्थिक वर्षमै अस्पताल निर्माणका लागि आवश्यक बजेट विनियोजन हुने उनको भनाइ थियो । आचार्यले विगतदेखि नै उक्त अस्पताल निर्माणको पहल थालेका थिए । गत निर्वाचनमा मतदाता समक्ष उनले गोठगाउँमा अस्पताल निर्माणको प्रतिबद्धता जनाएका थिए ।

प्रधामन्त्रीको प्रतिबद्धतापछि सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले खुसी व्यक्त गरेका छन् । ‘मेडिकल कलेजका लागि आफ्नै सय ३०० सय्याको अस्पताल अनिवार्य छ । त्यसैले हामीले निरन्तर प्रधानमन्त्री ज्यूलाई भनिरहेका थियौं’, उनले लेखेका छन् ।

प्रधानमन्त्रीको घोषणा सुन्दरहरैँचा नगरपालिका र समग्र विराटनगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us