अशोक राई नेतृत्वको दल पनि सत्तापक्षमा

काठमाण्डु टुडे २०८१ वैशाख २५ गते १६:३० मा प्रकाशित

काठमाडु, २५ वैशाख– अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर गठन भएको उक्त दललाई निर्वाचन आयोगले सोमबार मान्यता दिएको थियो । राईको अध्यक्षतामा बसेको संसदीय दल बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

‘जनता सामाजवादी पार्टीको केन्द्रीय अध्यक्ष अशोककुकार राईको अध्यक्षतामा आजै बसेको संसदीय दलको बैठकको निर्णयअनुसार सम्माननीय पुष्पकमकल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु’, ‘महासचिव मोहम्मद इस्तियाक राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us