उपेन्द्र यादव भन्छन्ः अब माओवादी फुट्दैछ

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते २०:५३ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– जसपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र फुट्ने दाबी गरेका छन् ।

भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले अब फुट्ने पालो माओवादी केन्द्रको भएको बताए । यादवले माओवादीले नै आफ्नो दल विभाजन गराएको आरोप लगाए ।

यादवले पार्टीबाट बाहिरिएका नेताहरुलाई आफूले मागे जति दिएको भन्दै उनीहरुको गन्तव्य माओवादी वा एमाले भएको आरोप पनि लगाए ।

उनले अशोक राई नेतृत्वको नयाँ दललाई निर्वाचन आयोगले असंवैधानिक रुपमा दलको मान्यता दिएको विषयमा अदालत जाने तयारी भइरहेको उल्लेख गरे ।

उनले निर्वाचन आयोगका पदाधिकारीले नै दबाबमा दलको मान्यता दिनुपरेको र अदालत जान सुझाएको जिकिर गरे ।

नयाँ पार्टीको नाम, झन्डा र लोगो समेत एउटै रहेकाले दलको मान्यता पाउनै नसक्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us