बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

काठमाण्डु टुडे २०८२ असार २७ गते १६:३० मा प्रकाशित

काठमाण्डू, २७ असार– छिमेकी देश भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन । डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

पीडित बालिकाको नेपालस्थित ठेगाना खुलाइएको छैन । यद्यपि उनी परिवारसहित केही समयदेखि सो क्षेत्रमा बस्दै आएको खुलेको छ । शौचालयका लागि बाहिर गएको समयमा उनलाई स्थानीय केही व्यक्तिले फकाएर नजिकैको बगैँचासम्म लगेको र एकान्तमा पुगिसकेपछि छुरा देखाएर डराइ–धम्क्याइ बलात्कार गरिएको प्रहरीलाई उद्धृत गर्दै विभिन्न भारतीय सञ्चारमाध्यले आफ्ना सामाचारमा उल्लेख गरेका छन ।

बालिकाले साँझ परिवारका सदस्यलाई घटनाबारे बताएकी थिइन् । आरोपितहरूसँग घटनाबारे बुझ्न खोज्दा उल्टै मारपिट गरिएको पीडित परिवारको आरोप छ ।

घटनाबारे जानकारी पाएपछि राति प्रहरीले पीडित परिवारलाई प्रहरी थानामै लगेर उजुरी दिन लगाएको थियो । सोही आधारमा प्रहरीले सगीर अन्सारी, ओकार अन्सारी, जमिला खातुन, नौशाद अन्सारी र हिकला अन्सारी नाम गरेका स्थानीयविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us