गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन ।

सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

 आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us