काठमाण्डू, ४ साउन– एमालेले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनका निम्ति गठन गरेको कार्यदलको प्रतिवेदन तयार पार्न महासचिव शंकर पोखरेल ‘छुट्टीमा’ बसेका छन् ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले तीनरचार दिन पार्टी कार्यालय नआउने जानकारी दिँदै उनी प्रतिवेदन लेखनमा व्यस्त भएको जानकारी दिए । ‘प्रतिवेदन लेखेर सिध्याउनु छ, चार दिन जति आउँदिन भन्नुभएको थियो’, उनले भने ।
गत असार २५ गते सम्पन्न कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको थियो ।
त्यसअघि पार्टीका विभिन्न तहमा निर्वाचन समीक्षा र पुनर्गठनसम्बन्धी विमर्श गरिएको थियो । ती विमर्शको निष्कर्षलाई प्रतिवेदनमा उतार्ने तयारी छ ।