बाजुरामा जिप दुर्घटना, ९ जना घाइते

काठमाण्डु टुडे २०८३ साउन ४ गते १६:५९ मा प्रकाशित

काठमाण्डू, ४ साउन– बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन । बाजुराको हिमाली गाउँपालिका –०५, क्युडी स्थित कुवाडी–क्युडी भित्री कच्ची सडक–खण्डमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ । दुर्घटनामा परेर चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब १ः२५ बजे सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२, नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us