आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा

काठमाण्डु टुडे २०८१ जेठ ६ गते १८:४५ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगतै बोलेका गृहमन्त्री लामिछानले यस्तो बताएका हुन ।

उनले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलीपल्टदेखि संसद् बन्द गरेको दाबी गरेका छन । उनले सो प्रस्ताव नगरेको भन्न सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us