माल्दिभ्समा चीननिकट राष्ट्रपति मुइज्जुको दललाई बहुमत

काठमाण्डु टुडे २०८१ वैशाख १० गते १०:२७ मा प्रकाशित

काठमाडौँ, १० वैशाख– माल्दिभ्समा भारतविरोधी अभियान चलाएका राष्ट्रपति मोहम्मद मुइज्जुको दल पिपुल्स नेशनल कांग्रेस (पीएनसी) ले बहुमत हासिल गरेको छ ।

९३ सिटका लागि आइतबार भएको संसदीय निर्वाचनमा चीन नजिक भनिएको मुइज्जुको दलले ६६ सिटमा जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति मुइज्जुले ‘भारत छोड’ अभियानको नेतृत्व गरेका थिए । भारत समर्थित भनिएका पूर्वराष्ट्रपति मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले १२ सिटमा खुम्चिएको छ ।

१० सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सोलिहलाई हराएर मोइज्जु गत सेप्टेम्बरमा माल्दिभ्सको राष्ट्रपति निर्वाचित भएका थिए । निर्वाचन आयोगका अुनसार निर्वाचनमा ७२.९६ प्रतिशत मत खसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us