काठमाण्डु, ९ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका २६ उच्च अधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
ट्रान्सफरमर खरिदमा अनियमिता गरेको अभियोगमा कार्यकारी निर्देशक रामेश्वर यादवसहितका अधिकारीविरुद्ध अअख्तियारले मुद्धा दायर गरेको हो । उनीहरुसँग १८ लाख ४० हजार ५ सय ७१ रुपैंया बिगो र सोही बराबरको जरिवाना माग दाबीसहित मुद्धा दायर गरिएको अअख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले जानकारी दिए ।
मुद्धा दायर गरिएका अन्यमा प्राधिकरणका योजना प्रमुख कृष्णबहादुर थापा, इन्जिनियर प्रमोद रिजाल, पूर्वमहाप्रवन्धक चिरञ्जीवी पौडेल, अवकाश प्राप्त कार्यकारी निर्देशक डा. जीवेन्द्र झा, अवकाश प्राप्त उपकार्यकारी निर्देशक टिकाराम बीसी, उपनिर्देशक कृष्णबहादुर केसी, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल र विद्युत विकास आयोजनाका पूर्वसंयोजक महेश प्रसाद आचार्य छन् ।
यस्तै सहायक प्रवन्धक सुरेन्द्रप्रसाद पनेरु, सह–निर्देशक हरिबहादुर पाल, सहायक प्रवन्धक मदनराज चापागाईं, इन्जिनियर प्रज्वल पाण्डे र स्टोर प्रमुख भरत रुपाखेती, नेपालगञ्ज क्षेत्रीय निर्देशक सिन्धु यादव, तथा कर्मचारीरु सुरेशकुमार कटवाल, सुरेन्द्र जोशी, सरोज श्रेष्ठ र नारायण चौधरी र देव शर्मा पौडेल छन् । अख्तियारले स्थानीय एजेण्ट अमर राजभण्डारी र चिनियाँ कम्पनी हुबई सनलाइट इलेक्ट्रिक कम्पनीका दुईजनाविरुद्ध समेत मुद्धा दायर गरेको छ ।