मोदीसँगको भेटपछि रविले भनेः भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ

काठमाण्डु टुडे २०८३ जेठ २० गते १७:५४ मा प्रकाशित

काठमाण्डू, २० जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन ।

आज (बुधबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता पछि सामाजिक सञ्जाल एक्स मार्फत सभापति लामिछानेले यस्तो बताएका हुन । भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले बताएका छन ।

लामिछानेका अनुसार, भेटका क्रममा नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने र साझा हितका क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको छ ।

‘हामीले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर मात्र प्रगति र आपसी विश्वासले परिभाषित गर्ने साझेदारीको वास्तविक निर्माण गर्न सक्छौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र भारतका जनताका लागि हाम्रो साझा समृद्धिका लाग यी सम्भावनाहरूलाई यथार्थमा रूपान्तरण गर्न तत्पर छ,’ रविले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us