नयाँ र पुराना पार्टीबारे ओलीः अमेरिकामा कुन–कुन पार्टी छन् ?

काठमाण्डु टुडे २०८३ साउन ७ गते १७:१० मा प्रकाशित

काठमाण्डू, ७ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुराना राजनीतिक दलको विषयमा भइरहेको टिप्पणीबारे आपत्ति व्यक्त गरेका छन ।

आज (बिहिबार) काठमाण्डूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नयाँ र पुराना पार्टीको नाममा द्वन्द्व सिर्जना गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

ओलीले भने, ‘यहाँ नयाँ र पुराना दलको भाष्य गलत छ । धर्मका नाममा फुटाउन पनि खोजिएको थियो । अहिले नयाँ र पुरानाको विभाजन गर्न खोजिएको छ ।

घरघरमा विभाजन हुने भयो । बाउ–आमा र छोराछोरीबीच हुने भयो, ‘अमेरिकामा कुनकुन पार्टी छन् रु डेमोक्रेटिक र रिपब्लिकन पार्टी होइनन् रु पार्टी पुराना हुँदैनन् ।

पार्टीहरू परिवर्तनशील हुने कुरा पो हो । पार्टीले गरिरहेका छन् । नेपाललाई पार्टीहरूले चिनेका छन् चिन्दछन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us