एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो

काठमाण्डु टुडे २०८३ साउन ७ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, ७ साउन– गत आर्थिक वर्ष ०८२–०८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागले आज (बिहिबार) सार्वजनिक गरेको २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार यो व्यापार हालसम्मकै उच्च हो ।

अघिल्लो वर्ष कुल व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ बराबरको थियो । यस अवधिमा नेपालको कुल आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष ०८१–०८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us