एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाण्डु टुडे २०८३ असार ३२ गते १९:१३ मा प्रकाशित

काठमाण्डु–गैरआवासीय नेपाली संघको ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले लब्ध प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरु सहित ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

अमेरिका र क्यानडा (अमेरिका क्षेत्र) बाट सल्लाहकारमा चिरञ्जीवी घिमिरेडा. द्रोण रसालीडा. लक्ष्मी पाठक र डा. मनिका प्रधान चयन हुनुका साथै इभान शर्मा र लक्ष्मण अधिकारी आईसीसी सदस्य बनेका छन्।

संघको सल्लाहकार समितिमा बेलायतबाट प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात मानवशास्त्री प्रोफेसर डेभिड गेल्नरप्राध्यापन र जनस्वास्थ्य क्षेत्रका विज्ञ प्रा. पदम सिम्खडा तथा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी समेटिएका छन् ।

यसैगरी पूर्व पदाधिकारी तथा अगुवाका रूपमा एनआरएनए बेलायतकी पूर्व अध्यक्ष पुनम गुरुङ र अभियन्ता लक्ष्य गुरुङलाई सल्लाहकार मनोनीत गरिएको छ ।

आईसीसी सदस्यका रूपमा महिला तथा दोस्रो पुस्ता कोटाबाट कल्पना त्रिपाठीगौरव राज केसी र जागृत पौडेल चयन भएका छन् भने चिकित्सा क्षेत्रबाट विज्ञ सदस्यका रूपमा डा. सुनील साह तथा सदस्यहरूमा राजन खकुरेल र राम चन्द्र गुरुङलाई सर्वसम्मत अनुमोदन गरिएको छ ।

अष्ट्रेलिया र न्यूजील्याण्ड (ओशनिया क्षेत्र) बाट सल्लाहकार समितिमा भवानी ओलीविनोद श्रेष्ठइन्द्रा वनहोम पाण्डेसुरेन्द्र सिग्देलडा. जगदिश तिम्सिनाडा. पुरु श्रेष्ठ र डा. राजु अधिकारी समेटिएका छन् भने आईसीसी सदस्यहरूमा दिवा जोशीकरुणा रावतप्रा. कृष्ण श्रेष्ठइञ्जिनियर राजु उपाध्यायदीपक भुसालकेशव जोशी र मिक्की सुवेदी चयन भएका छन् । युरोपबाट हरिहर अर्याल र डा. गिरीश कँडेल सल्लाहकार बनेका छन्।

एसिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूबाट पनि प्रभावशाली व्यक्तित्वहरू समेटिएका छन्। रोशन केसीडा. सरोज कँडेल सुदन थापाडा. कमल लामिछाने र डा. राम गिरी सल्लाहकार मनोनीत भएका छन् ।

थाइल्याण्डबाट प्रा. भारती लिम्बुनी सल्लाहकार र कुमार कार्की आईसीसी सदस्य बनेका छन् । हङकङबाट कृष्ण पाण्डे र अरुणा गुरुङ सल्लाहकार मनोनीत भएका छन् । म्यानमारबाट देवेन्द्र नौलखा र सिंगापुरबाट अर्थविद डा. अंगराज तिमिल्सिना सल्लाहकार बनेका छन् ।

मध्यपूर्वअफ्रिका र अन्य देशहरूबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। साउदी अरबबाट यास्मिन बेगमरूसबाट एक नारायण चापागाईं र उत्सव अमात्यसेशेल्सबाट आर.पी. पन्त र नेपालबाट वरिष्ठ उद्योगपति राजेन्द्र खेतान र डा. दिनेश पौडेललाई सल्लाहकारमा मनोनयन गरिएको छ ।

आइसिसीले सल्लाहकार तथा मानार्थ सदस्य मनोनयनका लागि यसअघि सल्लाहकार वा मानार्थ सदस्य भइसकेकाहरूलाई सम्मान गर्दै नयाँ व्यक्तिहरूलाई अवसर प्रदान गर्ने निर्णय गरेको थियो । त्यस्तै आ-आफ्नो क्षेत्रमा योगदान पुराएका विज्ञहरुलाई प्राथमिकता दिने पनि उल्लेख थियो ।

यस बृहत् र समावेशी मनोनयनले गैरआवासीय नेपाली संघलाई आगामी कार्यकालमा अझ बढी गतिशीलमर्यादित र विश्वभरका नेपालीहरूको हितमा काम गर्ने बलियो संस्थाका रूपमा अगाडि बढाउने विश्वास ११५ औँ बैठकले व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us