विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस

काठमाण्डु टुडे २०८३ असार ३२ गते १८:२० मा प्रकाशित

काठमाण्डू, ३२ असार– न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ ।

परिषद्को आजको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिस गरेको हो । अहिले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट रहेका थिए ।

त्यस्तै राजस्व न्यायाधीकरणका कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्दलाई काठमाडौं, उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाललाई राजस्व न्यायाधीकरणओ पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्रबहादुर बमलाई राजस्व न्यायाधीकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ ।

परिषद्ले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us