अष्टलक्ष्मी शाक्यलाई हृदयघात

काठमाण्डु टुडे २०८३ असार ३२ गते १८:१३ मा प्रकाशित

काठमाण्डू, ३२ असार– एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ । अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us