काठमाण्डु– प्रमुख प्रतिपक्षी काँग्रेस सांसद् अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
कपिलवस्तु प्रहरीका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले साहविरूद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।
‘अनालतबाट पक्राउ पुर्जी जारी भएको छ’, उनले भने, ‘उहाँलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइन्छ ।’
यद्यपि संसद् अधिवेशन चालु रहेका बेला बहालवाला सांसद पक्राउ गर्न सभामुखलाई जानकारी दिइनुपर्छ ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथिको आक्रमणमा शाह संलग्न रहेको आरोप छ ।
शर्माले सांसद् शाह र कृष्णनगरका मेयर रजतप्रताप शाहसहितको समूहले घरमै आएर आफूमाथि कुटपिट गरेको भन्दै शर्माले प्रहरीमा उजुरी दिएका थिए ।
शाह गत २१ फागुनको निर्वाचनमा कपिलवस्तु–३ बाट निर्वाचित भएका थिए ।