अहिलेजस्तो बर्बरता पञ्चायतकालमा पनि थिएनः ओली

काठमाण्डु टुडे २०८३ साउन ७ गते १७:१६ मा प्रकाशित

काठमाण्डू, ७ साउन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिल देशमा पञ्चायतकालभन्दा पनि दमनसहितको शासन चलिरहेको आरोप लगाएका छन ।

आज (बिहिबार) पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । ओलीले भने, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन । ’

उनले आफूलाई पक्राउ गर्दा पनि दमन गरिएको आरोप लगाए । उनले आफूलाई पक्राउ गर्दा पार्टीका नेता कार्यकर्ताले विरोध गर्दा राज्यले दमन गरेको पनि बताए । त्यस्तै उनले प्रहरीको भूमिका माथि पनि प्रश्न उठाए ।

‘कुन दमन कुन बर्बर्ता ? कुन राणा शासनमा छु भन्ने लागेको छ सरकारलाई ? प्रहरी फेरि के भएको हो ?,’ ओलीले थपे, ‘यिनीहरूले नै हैन अस्ति प्रहरीलाई लखेटी लखेटी दुस्ख दिएको ?

अहिले केही प्रहरी तिनैको आदेशमा दमन गर्न लागिपरेका छन् ।’ उनले सरकार आफैँ सच्चिएन भने सरकारको दमनलाई रोक्न जनता जाग्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us