हिजो गगन थापा निन्दा प्रतियोगिता चलेको रहेछः गगन थापा

काठमाण्डु टुडे २०८३ साउन ७ गते १७:३२ मा प्रकाशित

काठमाण्डू, ७ साउन– कांग्रेस सभापति गगन थापाले बीपी स्मृति दिवसका अवसरमा बुधबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई गगगन थापा निन्दा प्रतियोगिता भएको बताएका छन ।

बिहीबार आयोजित कार्यक्रममा थापाले उक्त निन्दा प्रतियोगितालाई आफूले धेरै ध्यान नदिएको पनि बताएका छन । हिजो (बुधबार) इतर समूहका नेताहरूले एकताका लागि पहल नगरेको आरोप लगाउँदै सभापति थापाको आलोचना गरेका थिए ।

त्यसैको जवाफमा थापाले भने, ‘हिजो कांग्रेसका नाममा एक ठाउँमा आयोजित समारोहमा गगन थापा निन्दा प्रतियोगिता चलेको रहेछ । मैले त्यतातिर धेरै ध्यान दिइनँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us