काठमाण्डू, ११ जेठ- संसदमा नबोलेको तथा देशबासीलाई सम्बोधन नगरेको भन्दै आलोचना भइरहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोल्ने तयारी गरेका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबार सञ्चारकर्मीसँ कुरा गर्दै शाह बोल्ने तयारीमा रहेको बताए ।
गणतन्त्र दिवसका अवसरमा १५ जेठमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सम्बोीन नगरी मन्त्रिपरिषदले राष्ट्रपतिलाई बोल्न आग्रह गर्ने निर्णय गरेको विषयमा पोखरेललाई प्रश्न सोधिएको थियो ।
जवाफमा उनले आवश्यकता र उपयुक्तताका आधारमा प्रधानमन्त्रीले उचित समयमा सम्बोधन गर्ने जवाफ दिए । सम्बोधनको मिति भने उनले खुलाएनन् ।
यद्यपि गणतन्त्र दिवसका दिन प्रधानामन्त्री बोल्ने वा नबोल्ने भन्नेबारे मन्त्रिपरिषदमा कुनै छलफल नभएको पोखरेलले उल्लेख गरे ।
फरक प्रसंगमा पोखरेलले सिंहदरबार प्रवेशमा सर्वसाधारणमाथि कडाई गर्नुको कारण थप व्यवस्थित गर्न रहेको दाबी गरे ।