काठमाडौं- नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेका हुन् ।
हाल क्यान्सरको उपचार गराइरहेका श्रेष्ठ पछिल्लो समय विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका नेतामध्ये एक हुन् ।
केही समयअघि भारतमा उपचार गराएका उनी अहिले नेपालमै उपचाररत छन् ।
कांग्रेसका पुराना नेतामध्येका श्रेष्ठले पार्टीमा कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।
पूर्वसभापति शेरबहादुर देउवानिकट रहेर लामो समय राजनीति गरेका उनलाई पार्टीमा पुर्याएको योगदानको सम्मानस्वरूप वरिष्ठ नेताको जिम्मेवारी दिइएको हो ।