ओलीको भाषणपछि योगेशले सम्झे सातौँ महाधिवेशनमा वरिष्ठ नेताले सुनाएको वृद्धको कथा

काठमाण्डु टुडे २०८३ जेठ २० गते १८:०१ मा प्रकाशित

काठमाण्डू, २० जेठ– आज (बुधबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको लम्बेतान भाषणप्रति पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले कटाक्ष गरेका छन् ।

ओलीले आज काठमाण्डूमा आयोजित पार्टीको कार्यक्रममा लम्बेतान भाषण गर्दै नेतृत्व नछोड्ने बताएका थिए । उनले आफ्नो राजीनामा माग्ने नेताहरूलाई पार्टीको शिर काटेर टेबलमा राख्न नसकिने बताएका थिए । यसप्रति ओलीको नाम नलिई भट्टराईले सातौ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ नेताले गरेको भाषणको एक टुक्रा स्मरण गरेका हुन् ।

एमाले उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो स्मरण गरेका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘ नेकपा एमालेको सातौ राष्ट्रिय महाधिवेशनको (जनकपुर) बन्द सत्रमा पार्टीका एकजना बरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनु भएको थियो ।

‘ एकजना बुढ़ा मानिस बसमा चढ़ेछन । सीट खाली थिए तर ऊनी सीटमा बसेनन । उभिएर बसभित्रको फ़लामको डंडी च्याप्प समाए । बाटो उबड खवाड थियो । बस गुडन शुरु गर्यों । बस घरी दयाँ ढलकिन्थ्यो बुढा मानिस बसको डंडीलाई बायाँ तिर जोडले तन्थे । फेरी बस बायाँ ढलकिन्थ्यो बुढ़ा मानिस डंडीलाई जोडले दायाँ तान्थे ।

यही रीतले बस अघि बढी रह्यो । बुढ़ा मानिस सोही क्रिया गरिरहे । बुढ़ा असिन पसिन भए । बस गन्तब्यमा पुगेर रोकियो । सबै यात्रु बाहिर निस्के ।

बुढ़ाले सबैलाई जम्मा गरेर भने आज तपाईंहरु सबै मेरो कारणले बच्नु भयो । यात्रुहरू छक्क परेर सोधे कसरी । बुढ़ाले सगौरब भने पल्टिन लागेको बसलाई डंडीमा तानेर मैले पल्टिनबाट जोगाए र तपाईंहरू बच्नु भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us