काठमाण्डुको हावा संसारकै सर्वाधिक हानिकारक

काठमाण्डु टुडे २०८१ वैशाख १० गते १०:४९ मा प्रकाशित

काठमाडु, १० वैशाख– काठमाण्डु उपत्यकाको हावा पुनः संसारको सबैभन्दा विषाक्त भएको छ ।

यसअघि गत चैत अन्तिम साता पनि काठमाण्डुको हावा संसारकै प्रदूषित थियो । पछिल्लो वायु शुद्धता सूचकांकमा काठमाण्डु खराब हावाको सूचीमा पहिलो नम्बरमा परेको हो ।

सिंगापुरमा सोमबार बिहान गरिएको वायु गुणस्तर मापनमा काठमाण्डुको एक्युआइं (हावाको गुणस्तर) १ सय ८४ देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १ सयभन्दा माथि एक्युआइं भएको हावालाई हानिकारका मानिन्छ । काठमाण्डुपछि नेपालपछि चीनको राजधानी बेइजिङ खराब हावाको सूचीमा दोश्रो नम्बरमा छ ।

यसैबीच वातावरण विभागले काठमाण्डु उपत्यकाको हावालाई घातक भनेको छ । विभागका अनुसार काठमाण्डु शंखपार्कको एक्युआर्इ २ सय ९५ पुगेको छ । विभागका अनुसार देशभर दर्जनौं स्थानमा डँढेलो लागेका कारण वायु दूषित बनेको हो ।

पछिल्लो एक सातामा ३८ जिल्लामा डढेलो फैलिएको छ । हाल देशभर १ सय ४६ स्थानमा डढेलो लागिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us