बाबुराम र नारायणकाजी एउटै क्षेत्रका उम्मेद्वार

काठमाण्डु टुडे २०७० भदौ ९ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, ९ भदौ । एकीकृत माओवादी गोरखाले आसन्न संविधानसभानको प्रत्यक्षतर्फ आफ्ना दुई पूर्वउपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको नाम एउटै क्षेत्रबाट सिफारिस गरेको छ ।
baburam-narayankaji2शनिबार बसेको माओवादी गोरखाको बैठकले भट्टराई र श्रेष्ठको नाम जिल्लाको क्षेत्र नम्बर दुईबाट सिफारिस गरेको हो । भट्टराई सोही क्षेत्रको खोप्लाङ र श्रेष्ठ जौबारीका स्थायी बासिन्दा हुन् । गत संविधानसभा निर्वाचनमा भट्टराई सोही क्षेत्रबाट अत्याधिक मतका साथ निर्वाचित भएका थिए । श्रेष्ठ भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने २६ जनामध्येबाट सभासद् बनेका थिए । श्रेष्ठ त्यतिखेर तत्कालीन एकता केन्द्र मसालका महामन्त्री थिए । श्रेष्ठले यसअघि भट्टराईलाई अन्यत्रैबाट उठाएर आफ्ना लागि गोरखा–२ खाली गर्न अध्यक्ष प्रचण्डलाई दबाब दिँदै आएका थिए ।

भट्टराईले उपाध्यक्ष पद त्याग गरेपछि उनले गोरखा–२ बाट उम्मेद्वार बनाउने ग्यारेण्टी भए मात्र आफू राजीनामा दिन तयार रहेको सन्देश लाजिम्पाटलाई दिएका थिए । तर त्यसमा भट्टराईले असहमति जनाएका थिए । श्रेष्ठ र भट्टराईले एकअर्कालाई प्रतिस्पर्धी ठान्दै आएका छन् । तर पार्टीभित्र श्रेष्ठको तुलनामा भट्टराई बलियो छन् । दोस्रो नम्बरमा नाम सिफारिस भएर आएपछि श्रेष्ठको प्रत्यक्षमा भिडेर निर्वाचन जित्ने सपना अधुरै रहने भएको छ ।

सोही क्षेत्रबाट केन्द्रीय कार्यालयका सचिव हितराज पाण्डे, प्रचण्डका स्वकीय सचिव चुडामणि खड्का र पूर्वलडाकु ब्रिगेडियर कमला नहर्कीको नाम सिफारिस भएको एक नेताले जानकारी दिए ।
यस्तै क्षेत्र नम्बर १ बाट क्रमशः हरि अधिकारी, लेखबहादुर थापा यानप्रसाद भट्ट, हितमान सुर्खेती, भगवति तिवारी तथा क्षेत्र नम्बर ३ बाट गोरखा जिल्ला इन्चार्ज कृष्ण धिताल, अमर तमु, सुशीला सिंखडा, छमबहादुर गुरुङ र लोकप्रसाद बञ्जाराको नाम सिफारिस गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us