उपाधि दावेदार म्यान्चेष्टर सीटी नवप्रवेशी कार्डिफसँग स्तब्ध

काठमाण्डु टुडे २०७० भदौ १० गते ५:१२ मा प्रकाशित

Manchester_Cityकाठमाण्डु, १० भदौ–ईङलिश प्रिमियर लिग फुटबलको उपाधी दावेदार म्यान्चेस्टर सिटी नवप्रवेशी कार्डिफसँग स्तब्ध भएको छ । आफ्नै गृह मैदानमा सीटीले कार्डिफसँग ३–२ गोल अन्तरले पराजय भोग्यो । गएरातीको यो नतिजासँगै म्यानचेष्टर सीटीलाई धक्का लागेको विश्लेषण गरिएको छ ।

गएराति नै भएको अर्को खेलमा टोटोन ह्यामले स्वान्सी सिटीलाई १–० गोलले पराजित गरेको छ ।

यसैबीच सोमबारको खेलमा म्यान्चेष्टर युनाइटेड र चेल्सीबीच भिडन्त हुनेछ ।  म्यानचेष्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे शुरु हुने छ ।

सन् १९०५ देखि विभिन्न प्रतियोगितामा गरी यी दुई टोलीले १ सय ६१ खेल खेलेका छन् । तिमध्ये म्यानचेष्टर युनाईटेडले ६८ र चेल्सीले ४५ खेलमा जित दर्ता गराएका छन् । बाँकी ४८ खेल भने बराबरीमा टुङ्गिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us