ट्रेड युनियन काँग्रेसमा कोइराला र देउवा पक्षको भिडन्त

काठमाण्डु टुडे २०७० भदौ १० गते ७:४० मा प्रकाशित

चितवन, १० भदौ–नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको नयाँ नेतृत्वकोलागि सभापति सुशील कोइराला र बरिष्ठ नेता शेर बहादुर देउवापक्षबीच प्रतिस्पर्धा हुने भएको छ । चितवनमा जारी महाधिवेशनमा कोइरालापक्षका पुष्कर आचार्य र देउवा पक्षका खिलानाथ दाहालले नेतृत्वमा दावी गरेका हुन् । उनीहरु आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सोमबारबाट शुरु बन्दसत्रले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । ३७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्दै महाधिवेशन मंगलबार सकिने छ ।

महाधिवेशनमा ट्रेड युनियन काँग्रेसमा आबद्ध २५ संस्थाबाट ७२ जिल्लाका करिब १६ सय प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा श्रमिक मैत्री औद्योगिक वातावरण, श्रमिक हक अधिकार र सुविधाको सुनिश्चितता लगायतका विषयमा छलफल हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us