वैद्य माओवादीसँग सहमतिको सम्भावना कायमै : प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ ९ गते १०:१८ मा प्रकाशित

prachanda 1काठमाण्डु, ९ भदौ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा–माओवादीसँग सहमतिको सम्भावना अझै बाँकी रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत आइतबार थानकोटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले माओवादीलाई सहमतिमा ल्याउन प्रयास जारी राख्ने बताए ।

‘शनिबारदेखि वैद्य माओवादी केही पछि हटे पनि सहमतिको सम्भावना सकिएको छैन,’ प्रचण्डले भने, ‘मैले सहमतिमा ल्याउन प्रयास जारी राखेको छु ।’

उच्चस्तरीय राजनीतिक समिति र वैद्य माओवादी नेतृत्वको मोर्चाबीच गोलमेच सम्मेलनमा जाने गत विहीबार भएको सहमति शनिबार भंग भएको थियो ।

संघियता सहितको संविधान र संविधानसभाबाटै संविधान जारी गर्न मंसिर चारको चुनावको विकल्प नभएको उनले दोहोर्याए । विगतमा कुनै पनि दलको बहुमत नआउँदा संविधान नबनेको चर्चा गर्दै प्रचण्डले यसपालीको चुनावमा आफ्नो पार्टीलाई दुई तिहाई बहुमत दिलाउन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us