
काठमाण्डु, ७ वैशाख– ओमानमा जारी एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले दोस्रो सफलता हात प्रप्त गरेको छ । सोमपालले ३ रन बनाएका कप्तान निजकत खानलाई आउट गरेका छन ।
यो सँगै हङकङले ३.२ ओभरमा १५ रन बनाउन सफल भएको छ । नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।