दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

काठमाण्डु टुडे २०८३ साउन ६ गते ९:०२ मा प्रकाशित

काठमाण्डू, ६ साउन– मकवानपुरको हेटौँडा–११, झमसिङटार नजिकै अनियन्त्रित भएर पल्टिएको ट्र्याक्टरका चालकको मृत्यु भएको छ ।

हेटौँडा बजारबाट झमसिङटार जाँदै गरेको म.प्र.०३–००२ त. ०३९७ नम्बरको बालुवा लोड ट्र्याक्टर उकालो कच्ची बाटोमा चिप्लिएर अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

चालक सल्यान, कपुरकोट–३ का २२ वर्षीय बिक्रम खड्का गम्भीर घाइते भइ हेटौँडा अस्पतालमा उपचार गर्नेक्रममा राति १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us