सकियो लगानी सम्मेलन

काठमाण्डु टुडे २०८१ वैशाख १७ गते २१:१२ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख– तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ समापन भएको छ ।

नेपालमा वैदेशिक लगानीका लागि आह्वान गर्दै सोमबार सम्मेलन सकिएको हो । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले समापन समारोहलाई सम्बोधन गरेका थिए ।

समापनअघि बोल्दै ओलीले नेपाल तीव्र आर्थिक विकासको यात्रामा रेहको बताए । ओलीले सरकारले लगानीको वातावरण बनाएको भन्दै विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उल्लेख गरे ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टले नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिन सम्मेलन सफल भएको बताए । उनका अनुसार सम्मेलनमा ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता थियो ।

आइतबारदेखि सुरु भएको सम्मेलनका क्रममा विभिन्न स्वदेशी तथा विदेशी कम्पनीले लगानी सम्झौता गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us