समाचार

पार्टी अध्यक्षलाई थाहै नदिई युथफोर्स गठन

२०७० भदौ ३१ गते ३:०५

काठमाण्डु, ३१ भदौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले युथफोर्स गठन नहुने बताइरहँदा भ्रातृ संगठन युवा संघ नेपालले केन्द्रीय सचिव चन्द्र लामाको नेतृत्वमा युथफोर्स विभाग गठन गरेको छ । आइतबार बेलुका वीवीसी नेपाली सेवाको साझा सवालमा कुरा गर्दै अध्यक्ष खनालले अब युथफोर्स गठन नहुने...

सिन्धुलीमा जीप दुर्घटना, ३ को मृत्यु, ८ घाइते

२०७० भदौ ३१ गते ३:०४

सिन्धुली, ३१ भदौ–सिन्धुलीको दुम्जा १ मा सोमबार विहान टाटासुमो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । उदयपुरको घुर्मीबाट काठमाण्डुकालागि छुटेको ज १ ज १८९ नम्बरको जीप विहान साढे २ बजे तिर चाँदे उकालोमा...

राष्ट्रिय मानव अधिकार आयोग रित्तियो

२०७० भदौ ३१ गते ३:०३

काठमाण्डु, ३१ भदौ–देशको एक संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोग सोमबारबाट पदाधिकारी विहीन भएको छ । अध्यक्ष केदारनाथ उपाध्याय र सदस्यहरु राम नगिना सिंह, गौरी प्रधान, लीला पाठक र केबी रोकायाको ६ वर्षे कार्यकाल एकैसाथ सकिएपछि आयोग रित्तिएको हो । पूर्व प्रधानन्यायाधीश उपाध्यायको अध्यक्षतामा...

सर्वदलीय छलफलको श्रृङ्खला जारी

२०७० भदौ ३१ गते २:२७

काठमाण्डु, ३१ भदौ – चुनावी प्रकृयामा असन्तुष्ट नेकपा–माओवादीलाई पनि निर्बाचनमा सहभागी गराउने प्रयासमा सोमबार पनि सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो २ बजे बस्ने बैठकमा माओवादीका माग र सम्बोधन गर्ने उपायबारे नै छलफल केन्द्रित रहनेछ । सोमबारको बैठक निर्णायक हुने...

एमाले स्थायी कमिटी बैठक बस्दै

२०७० भदौ ३१ गते १:५७

काठमाण्डु, ३१ भदौ–नेकपा एमाले स्थायी कमिटीको बैठक सोमबार बस्दै छ । संविधानसभा निर्बाचनकालागि पार्टीका उम्मेदवार र घोषणापत्रबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा नेकपा–माओवादीसँग भैरहेको वार्ताको समिक्षा पनि हुने बताइएको छ ।...

निर्वाचन १० दिन पर सार्न उच्चस्तरीय समिति सहमत

२०७० भदौ ३१ गते १:५५

काठमाण्डु, ३० भदौ–  उच्चस्तरीय राजनीतिक समिति मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा आउने सुनिश्चित भए ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन बढीमा १० दिन पर सार्न सहमत भएको छ । राष्ट्रपति रामवरण यादवको अग्रसरतामा आइतबार शीतलनिवासमा बसेको सर्वदलीय बैठकमा समिति निर्वाचन बढीमा १५ मंसिरसम्म सार्न सहमत...

निगमद्वारा मूल्यवृद्धि फिर्ता लिन अस्वीकार

२०७० भदौ ३० गते १२:४४

काठमाण्डु, ३० भदौ–  नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन अस्वीकार गरेको छ । निगमले मूल्यवृद्धि फिर्ता लिन नमानेपछि निगम र आन्दोलनरत १४ विद्यार्थी संगठनबीच आइतबार भएको वार्ता निष्कर्षहीन भएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले निगम व्यवस्थापनले आफूहरूका मागलाई गम्भीर...

हामीले हारे देश र जनताले हार्छः एमाओवादी प्रवक्ता

२०७० भदौ ३० गते ११:५५

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले संविधानसभा निर्वाचनमा आफ्नो पार्टी हारे देश र जनताले हार्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार पार्टीनिकट पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै उनले माओवादीको बहुमत नआए मुलुकले निकास नपाउने बताए । सापकोटाले पार्टी एकताबद्ध भएर...

धुलीखेलमा बन्दकर्ताले यात्रुसहितको बस जलाए

२०७० भदौ ३० गते ९:५९

काठमाण्डु, ३० भदौ – नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्द हिंसात्मक बन्दै गएको छ । बन्दकर्ताले यात्रुसहितको बा २ ख ५६७२ नम्बरको बसलाई काभ्रेको धुलीखेलमा आगजनी गरेका छन् । बनेपामा बन्दकर्ताले एक पत्रकारलाई निर्मम कुटपीटसमेत गरेका छन् ।...

माग पूरा नभएसम्म शब नउठाउने अडान

२०७० भदौ ३० गते ९:५८

काठमाण्डु,३० भदौ–नेपाली सेनाको उपत्यका पृतनाको बा १ ज २४५६ नम्बरको ट्रकको ठक्करबाट मृत्यू भएका सोलुखुम्बुका धनबहादुर बस्नेतका परिवारले आफूहरुले अघि सारेको पाँच बुँदे माग पुरा नभएसम्म मृतकको शब नबुझ्ने अडान लिएका छन ।  मृतककी पत्नी नावालक छोराछोरीले सहित आईतवार काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा तत्काल...

भारतले भन्यो–बुद्ध नेपालमा जन्मिएका हुन

२०७० भदौ ३० गते ९:२१

काठमाण्डु ३० भदौ–भारतले गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मेको आधिकारिक धारणा सार्वजनिक गरेको छ । भारतीय सञ्चार माध्यमले गौतमबुद्ध भारतमा जन्मिएको भनी भ्रामक समाचार सम्प्रेषण गरेपछि बढदै गएको नेपाली आक्रोश साम्य पार्न काठमाण्डुस्थित भारतीय राजदुताबासले आफनो धारणा सार्वजनिक गरेको हो ।  ‘हामी तपाईहरुको भावनालाई सम्मान गर्छौ...

चुनाव मंसिरमै : प्रचण्ड

२०७० भदौ ३० गते ८:४१

गौर, ३० भदौ–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो संविधानसभा चुनाव मंसिर महिनामै हुने बताएका छन् । उनले माओवादीलाई अब दल दर्ताकोलागि प्रकृया अघि बढाउन आग्रह गरिने जानकारी पनि दिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us