राष्ट्रिय मानव अधिकार आयोग रित्तियो

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ३:०३ मा प्रकाशित

National-Human-Rights-Commissionकाठमाण्डु, ३१ भदौ–देशको एक संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोग सोमबारबाट पदाधिकारी विहीन भएको छ । अध्यक्ष केदारनाथ उपाध्याय र सदस्यहरु राम नगिना सिंह, गौरी प्रधान, लीला पाठक र केबी रोकायाको ६ वर्षे कार्यकाल एकैसाथ सकिएपछि आयोग रित्तिएको हो ।

पूर्व प्रधानन्यायाधीश उपाध्यायको अध्यक्षतामा २०६४ भदौ ३१ गते पाँच सदस्यीय राष्ट्रिय मानव अधिकार आयोग ६ वर्षका लागि गठन भएको थियो । संविधानको धारा १ सय ३१ अनुसार गठन हुने आयोगका पदाधिकारीहरु संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

आयोगका पदाधिकारीहरुको समयावधि सकिए पनि आयोगमा परेका उजुरीहरुको आधारमा पीडितले न्याय पाउने उपाध्यायको विश्वास छ । उनले कार्यकाल सकिन लागेकोबारे सरकारलाई एक महिना अघि नै जानकारी गराईए पनि सुनुवाई नभएको बताए । संवैधानिक निकायलाई पदाधिकारी विहीन नबनाउन उपाध्यायले सुझाव दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us