विभेदविरुद्ध कानुन मात्र पर्याप्त छैन, सोच र संस्कार बदलिनुपर्छः प्रधानमन्त्री बालेन

काठमाण्डु टुडे २०८३ जेठ २१ गते १७:०२ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– प्रधानमन्त्री बालेन शाह (वालेन)ले समानता, सम्मान र मानवीय मर्यादाका मूल्यहरूलाई व्यवहारमा उतार्दै विभेदविरुद्ध सचेत र उत्तरदायी सामाजिक वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन ।

आजभन्दा दुई दशकअघि २०६३ साल जेठ २१ गते तत्कालीन प्रतिनिधिसभाले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गर्दै समानता, सम्मान र सामाजिक न्यायप्रतिको राष्ट्रिय प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले उक्त दिनको सन्दर्भमा यो दिवस मनाइरहेको उनले बताएका छन ।

प्रधानमन्त्री शाहले मुलुकको विकासका लागि दलित समुदायले सदियौँदेखि सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा पुर्‍याउँदै आएको उल्लेखनीय योगदानको उच्च सम्मानसमेत व्यक्त गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us