माग पूरा नभएसम्म शब नउठाउने अडान

काठमाण्डु टुडे २०७० भदौ ३० गते ९:५८ मा प्रकाशित

Army piditकाठमाण्डु,३० भदौ–नेपाली सेनाको उपत्यका पृतनाको बा १ ज २४५६ नम्बरको ट्रकको ठक्करबाट मृत्यू भएका सोलुखुम्बुका धनबहादुर बस्नेतका परिवारले आफूहरुले अघि सारेको पाँच बुँदे माग पुरा नभएसम्म मृतकको शब नबुझ्ने अडान लिएका छन । 
मृतककी पत्नी नावालक छोराछोरीले सहित आईतवार काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा तत्काल उपलब्ध हुने गरी विमा बापतको रकम पाउनु पर्ने,मृतककी श्रीमतीलाई योग्यता अनुसारको रोजागरी दिनु पर्ने, बालबच्चाको उच्च शिक्षासम्मको खर्च र रोजगारीको ग्यारेन्टी गर्नु पर्ने, दाहसस्कार तथा काजक्रिया खर्च दिनु पर्ने र मृतकको बाबुलाई उपचारको ब्यवस्था गर्नु पर्ने माग गरेका हुन ।

पत्रकार सम्मेलनमा श्रीमती नविना बस्नेतले घरमा कमाउने एक मात्र ब्यक्ति मृतक पति रहेको भन्दै आफूहरुको पुर्नस्थापनामा सेनाले नसघाए आफूहरु घर न घाटको हुने पीडा सुनाइन । उनले आफूहरुले न्याय र क्षतिपूर्तिको लागि आग्रह गर्दा प्रहरीले दमन गरेको भन्दै अब माग पुरा नभएसम्म शब नबुझ्ने बताईन । उनले आफ्नो श्रीमानको ज्यान लिने सवारी साधनको चालकमाथि कारवाहीको माग गर्दै छिट्टै आफूहरुको पुर्नस्थापनाको ब्यवस्था मिलाएर श्रीमानको काजक्रिया गर्ने अवस्था बनाई दिन सरकारसँग आग्रह पनि गरिन । मृतकको शबलाई हाल त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us