एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाण्डु टुडे २०७० भदौ ३१ गते १:५७ मा प्रकाशित

umlकाठमाण्डु, ३१ भदौ–नेकपा एमाले स्थायी कमिटीको बैठक सोमबार बस्दै छ । संविधानसभा निर्बाचनकालागि पार्टीका उम्मेदवार र घोषणापत्रबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

केन्द्रले माग गरे बमोजिम सबै स्थानिय कमिटीबाट प्रत्यक्ष र समानुपातिक तर्फको नाम सिफारिस भैसकेका छन् । त्यहि सिफारिसका आधारमा उम्मेदवार चयन गर्ने एमालेले जनाएको छ । सिफारिसमा परेका नेता तथा कार्यकर्ताहरु आफूलाई टिकट दिन पार्टी नेतृत्वसँग लविङ गर्न केन्द्रमा धाएपछि एमालेले शुक्रबार उनीहरुलाई घर फर्किएर चुनावको तयारी गर्न निर्देशन दिएको थियो ।

बैठकमा नेकपा–माओवादीसँग भैरहेको वार्ताको समिक्षा पनि हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us