![](https://www.kathmandutoday.com/wp-content/uploads/2024/10/dishhome.gif)
काठमाण्डु, ३० भदौ– नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन अस्वीकार गरेको छ ।
निगमले मूल्यवृद्धि फिर्ता लिन नमानेपछि निगम र आन्दोलनरत १४ विद्यार्थी संगठनबीच आइतबार भएको वार्ता निष्कर्षहीन भएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले निगम व्यवस्थापनले आफूहरूका मागलाई गम्भीर रुपमा नलिएको बताए । उनले निगमका कार्यकारी निर्देशक सुरेश अग्रवालले विद्यार्थी संगठनहरुका मागलाई माथिल्लो निकायमा राख्ने बताएर उम्किन खोजेकाले वार्तामा प्रगति नभएको जानकारी काठमाण्डु टुडेलाई दिए ।
रायमाझीले मंगलबारसम्ममा पनि मूल्यविृद्धको निर्णयमा पुनर्विचार नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै पेट्रोलमा प्रतिलिटर ५ तथा र डिजेल र मट्टितेलमा ३÷३ रुपैयँका दरले मूल्यवृद्धि गरेको थियो ।