चुनाव मंसिरमै : प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ ३० गते ८:४१ मा प्रकाशित

Prachandaगौर, ३० भदौ–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो संविधानसभा चुनाव मंसिर महिनामै हुने बताएका छन् । रौतहटको गौरमा आइतबार विहान भएको पत्रकार सम्मेलनमा प्रचण्डले नेकपा–माओवादी पनि चुनावमा सहभागी हुन सकारात्मक देखिएकाले मंसिरमै चुनाव हुने बताए ।

‘माओवादीका माग सम्बोधन गर्न हामी सकारात्मक छौं,’ प्रचण्डले भने उसको पनि सहभागीतामा चुनाव मंसिरमै हुन्छ ।’ उनले माओवादी चुनावमा सहभागी भए केही दिन मिति सार्न सकिने भए पनि मंसिरभन्दा पर जान नसकिने उनको भनाई छ । उनले माओवादीलाई अब दल दर्ताकोलागि प्रकृया अघि बढाउन आग्रह गरिने जानकारी दिए ।

माओवादीले चुनाव बहिस्कार गरे उसैलाई नेपाली जनताले बहिस्कार गर्ने भन्दै प्रचण्डले आफ्ना अडान त्यागेर चुनावमा सहभागी हुन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us