समाचार

अमेरिकी र चिनियाँ राजदूतबाट प्रचण्डसँग भेट

२०७० असोज १ गते १३:४७

काठमाण्डु, १ असोज – नेपालका लागि अमेरिका र चिनियाँ राजदूतले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् । अमेरिकी राजदूत विलियम पिटर बोड्डे र चिनियाँ राजदूत ऊ छुन्थाई प्रचण्डलाई भेट्न मंगलबार उनको लाजिम्पाटस्थित निवास पुगेका थिए ।...

बाह्य शक्तिको इशारामा सहमति भाँडिएको वैद्य मोर्चाको आरोप

२०७० असोज १ गते १३:२३

काठमाण्डु, १ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसँग हुनै लागेको सहमति बाह्य शक्तिको इशारामा भाँडिएको निष्कर्ष निकालेको छ । माओवादी कार्यालय बुद्धनगरमा मंगलबार बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मोर्चाका नेता देव गुरुङले चार दल विदेशी शक्तिको अगाडि झुकेका कारण सहमतिको...

निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्ने तयारी

२०७० असोज १ गते ११:२०

काठमाण्डु–संबिधानसभा निर्वाचनको सुरक्षाका लागि सरकारले सेना परिचालन गर्ने भएको छ । सुरक्षा परिषदको बुधवार साँझ बालुवाटारमा बसेको बैठकले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सरकारले सेना परिचालन गर्ने निर्णय गरेको एक उच्च अधिकारीले बताए ।  ती अधिकारीका अनुसार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको निवासमा...

उम्मेद्वारी दर्ता गर्न जानेलाई कब्जा गर्छौ: गजुरेल

२०७० असोज १ गते १०:०५

काठमाण्डु, १ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार संविधानसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्न नदिने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लवले राजधानीमा आज गरेको कार्यक्रममा उनले आफूहरुको सहमतिबिना उम्मेद्वारी दर्ता गर्न खोज्नेलाई कब्जामा लिएर मनोनयन नै दर्ता गर्न...

पूर्वाञ्चल विश्वविद्यालयको ताला खोल्न माग गर्दै प्रदर्शन

२०७० असोज १ गते ९:०२

काठमाण्डु, १ असोज – मोरङको विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा शाखामा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रमुद दल समर्थित विद्यार्थी संगठनले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले मंगलबार बिहान ९ देखि १० बजेसम्म एक घण्टा सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । तालाबन्दीका कारण नियमित...

बाधाअड्काउ अध्यादेश संशोधन गर्न मन्त्रिपरिषद्को सिफारिस

२०७० असोज १ गते ७:५०

काठमाण्डु, १ असोज– सरकारले २५ बुँदे बाधाअड्काउ अध्यादेश संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश संशोधनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । यसअघि उच्चस्तरीय समितिमा आवद्ध प्रमुख चार दलका शीर्ष नेताले मन्त्रिपरिष्द अध्यक्ष खिलराज रेग्मीलाई बिहान भेटी...

दार्चुलाका बाढीपीडित माथि प्रहरी दमन

२०७० असोज १ गते ६:३७

दार्चुला, १ असोज– महाकाली नदी बाढी पीडित र सुरक्षाकर्मीबीच दार्चुला सदरमुकाममा मंगलबार विहान झडप भएको छ । झडपपछि सदरमुकाम खलंगा बजारको स्थिति तनावग्रस्त भएको छ । गत असार पहिलो साताको बाढीबाट विस्थापित भएकाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप शुरु भएको हो । माग...

खनाल उच्चस्तरीय समितिको संयोजक

२०७० असोज १ गते ६:२१

काठमाण्डु, १ असोज–नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल मंगलबारदेखि उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनेका छन् । आलोपालो नेतृत्व गर्ने सहमति अनुसार खनालले संयोजकको जिम्मेवारी पाएका हुन् । उनले असोज महिनाभर उच्चस्तरीय समितिको जिम्मेवारी सम्हाल्ने छन् । भदौ महिनाभर नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संयोजकको जिम्मेवारी...

वैद्य माओवादीसँग सहमतिको सम्भावना समाप्त

२०७० असोज १ गते ५:४४

काठमाण्डु, १ असोज–उच्चस्तरीय राजनीतिक समितिले वैद्य माओवादी चुनावमा सहभागी नहुने भएकाले मंसिर चार गते नै चुनाव गराउने प्रकृया शुरु गर्न सरकारलाई सुझाव दिएको छ । वैद्य माओवादीलाई नपर्खिएर चुनावमा जाने र चुनावी प्रकृया अघि बढाउनका लागि बाधा अड्काउ फुकाउ प्रकृया शुरु गर्न समितिले सुझाव...

काँग्रेसका मायालु एमाओवादीमा

२०७० असोज १ गते ५:४२

काठमाण्डु, १ असोज–नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खेमराज भट्ट मायालु र ध्रुव लम्साल एकीकृत नेकपा माओवादीमा प्रवेश गर्दैछन् । एमाओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा उनीहरुलाई मंगलबार पार्टी प्रवेश गराइँदै छ ।...

मनोनयन दर्ताको समय बढाउन ठूला दलको माग

२०७० असोज १ गते ४:५६

काठमाण्डु, १ असोज – उच्चस्तरीय राजनीतिक समितिमा आबद्ध दलहरुले आगामी ७ गतेका लागि तोकिएको समानुपातिक तर्फको मनोनयन दर्ता केही समय पछि सार्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई मंगलबार विहान भेटेर उनीहरुले थप समय मागेका हुन् । ...

एमालेमा उम्मेदवार छनौट प्रकृया शुरु

२०७० असोज १ गते २:२३

काठमाण्डु, १ असोज– नेकपा एमालेले मंगलबारबाट उम्मेदवार छनौट प्रकृया शुरु गर्दै छ । देशभरबाट सिफारिस भएर आएका नामावलीमध्येबाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार छनौट गर्ने एमालेले जनाएको छ । ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us