दार्चुलाका बाढीपीडित माथि प्रहरी दमन

काठमाण्डु टुडे २०७० असोज १ गते ६:३७ मा प्रकाशित

दार्चुला, १ असोज– महाकाली नदी बाढी पीडित र सुरक्षाकर्मीबीच दार्चुला सदरमुकाममा मंगलबार विहान झडप भएको छ । झडपपछि सदरमुकाम खलंगा बजारको स्थिति तनावग्रस्त भएको छ ।

गत असार पहिलो साताको बाढीबाट विस्थापित भएकाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप शुरु भएको हो । माग पूरा नभएको भन्दै झण्डै दुई सयको संख्यामा रहेका बाढी पीडितहरुले जिल्ला निर्बाचन कार्यालयमा तालावन्दी गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

पीडितहरुले उचित राहत, भत्किएका संरचना पुनर्निर्माण, यातायात सुचारु लगायत आठ बुँदे माग राख्दै प्रदर्शन गरेका छन् । उनीहरुले विहान नेपाल–भारत जोड्ने झोलुङ्गे पुलसमेत अबरुद्ध पारेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us