खनाल उच्चस्तरीय समितिको संयोजक

काठमाण्डु टुडे २०७० असोज १ गते ६:२१ मा प्रकाशित

Jhalanath-Khanalकाठमाण्डु, १ असोज–नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल मंगलबारदेखि उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनेका छन् । आलोपालो नेतृत्व गर्ने सहमति अनुसार खनालले संयोजकको जिम्मेवारी पाएका हुन् । उनले असोज महिनाभर उच्चस्तरीय समितिको जिम्मेवारी सम्हाल्ने छन् ।

भदौ महिनाभर नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

सरकारलाई सुझाव दिन एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको थियो । पछिल्लो समय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि समितिमा समेटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us