निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्ने तयारी

काठमाण्डु टुडे २०७० असोज १ गते ११:२० मा प्रकाशित

काठमाण्डु–संबिधानसभा निर्वाचनको सुरक्षाका लागि सरकारले सेना परिचालन गर्ने भएको छ । सुरक्षा परिषदको बुधवार साँझ बालुवाटारमा बसेको बैठकले Nepal-Army_20100923082843निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सरकारले सेना परिचालन गर्ने निर्णय गरेको एक उच्च अधिकारीले बताए । 
ती अधिकारीका अनुसार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको निवासमा बसेको सुरक्षा परिषदको निर्णय मन्त्रिपरिषदले पारित गरेपछि अनुमोदनका लागि राष्ट्रपति डा रामवरण यादव समक्ष सिफारिस गर्नु पर्नेछ । मंसिर ४ गतेका लागि घोषित संबिधानसभालाई नेकपा–माओवादीसहित ३३ दलले बहिस्कार गर्ने घोषणा गरेका छन । उनीहरुलाई निर्वाचनमा सहभागी गराउन राजनीतिक दल र सरकारले गरेको प्रयास असफल भएपछि सेना परिचालन गरेर भएपनि निर्वाचन गराउने तयारीमा सरकार जुटेको हो ।
सरकारले मतदानकेन्द्रको सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी,दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गर्ने गृहकार्य गर्दै आएको थियो । रक्षा र गृहका मन्त्री र सचिव,सुरक्षा निकायका प्रमुख सहभागी रहने सुरक्षा परिषद बैठकमा सेना परिचालन गर्दा आइपर्ने राजनीतिक र सम्बैधानिक जटिताका फुकाउने वारेमा पनि छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us