काठमाण्डू, २१ जेठ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा काठमाण्डूको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा उनीहरूले बिहीबार प्रदर्शन गरेका हुन् । देशको सार्वभौमिकताको रक्षाका लागि भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय अखण्डताको रक्षा गरौं, सीमाबारे गलत बोल्न पाइँदैन, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायतका प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।