काँग्रेसका मायालु एमाओवादीमा

काठमाण्डु टुडे २०७० असोज १ गते ५:४२ मा प्रकाशित

काठमाण्डु, १ असोज–नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खेमराज भट्ट मायालु र ध्रुव लम्साल एकीकृत नेकपा माओवादीमा प्रवेश गर्दैछन् । एमाओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा उनीहरुलाई मंगलबार पार्टी प्रवेश गराइँदै छ ।

दिउँसो २ बजे केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा काँग्रेस नेता मायालु लगायतलाई पार्टी प्रवेश गराइने एमाओवादीले जनाएको छ ।

को हुन् मायालु ?

नेपाली काँग्रेसबाट आफ्नो राजनीतिक व्यक्तित्व निर्माण गरेका उनी कुनैबेला रामराजा प्रसाद सिंहको नेतृत्वको जनवादी मोर्चामा गएका थिए । २०४२ सालमा घटित बमकाण्डको जिम्मेवारी लिएका सिंहसँगै भारतमा स्वनिर्वासित समेत भए । पछि उनी पुरानै काँग्रेसमा फर्केका थिए । काँग्रेस बरिष्ठ नेता शेर बहादुर देउवासँगै बाल्यकाल विताएका उनी देउवा नेतृत्वको प्रजातान्त्रिक काँग्रेसमा थिए । २०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा उनी सामान्य प्रशासन मन्त्री समेत थिए । उनी जिब्रोको क्यान्सरबाट पीडित छन् ।

Khemraj-Bhatta-Mayalu-and-More

पूर्वमन्त्री मायालु सवैभन्दा बाँया  । तस्विर :गुगल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us