बाधाअड्काउ अध्यादेश संशोधन गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाण्डु टुडे २०७० असोज १ गते ७:५० मा प्रकाशित

काठमाण्डु, १ असोज– सरकारले २५ बुँदे बाधाअड्काउ अध्यादेश संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
sinhadurbarसिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश संशोधनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । यसअघि उच्चस्तरीय समितिमा आवद्ध प्रमुख चार दलका शीर्ष नेताले मन्त्रिपरिष्द अध्यक्ष खिलराज रेग्मीलाई बिहान भेटी उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग भएको सहमतिलाई कानुनी रुप दिन आग्रह गरेका थिए ।

समितिले यादवको मोर्चासँग र ५ बुँदे र संघीय समाजवादीसँग ६ बुँदे सहमति गरेको थियो । संघीय समाजवादी पार्टीसँगको सहमतिमा संविधानसभा सदस्य संख्या ६०१ बनाउने उल्लेख छ । त्यसका लागि बाधाअड्काउ अध्यादेश संशोधन गर्नुपर्छ । यसैबीच मन्त्रिपरिषद् अध्यक्ष रेग्मी केही मन्त्री तथा मुख्यसचिव लीलामणि पौडेलका साथ राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । रेग्मीले अध्यादेश संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णयबारे अवगत गराउनेछन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us