पूर्वाञ्चल विश्वविद्यालयको ताला खोल्न माग गर्दै प्रदर्शन

काठमाण्डु टुडे २०७० असोज १ गते ९:०२ मा प्रकाशित

काठमाण्डु, १ असोज – मोरङको विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा शाखामा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रमुद दल समर्थित विद्यार्थी संगठनले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।

dharnaविद्यार्थीहरूले मंगलबार बिहान ९ देखि १० बजेसम्म एक घण्टा सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । तालाबन्दीका कारण नियमित परीक्षा सञ्चालन हुन नसक्दा र परीक्षाको परिणाम आउन नसक्दा हजारौं विद्यार्थी मारमा परेकाले तत्काल ताला खोल्नुपर्ने माग विद्यार्थी संगठनहरुको छ । प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले विद्यार्थीको पढ्न पाउने अधिकार नछिन्न सबैलाई आग्रह गरे ।

उनले सरकारले समस्या समाधान गरी तत्काल ताला खोल्न पहल नगरे सशक्त आन्दोलनमा उत्रेन चेतावनी दिए । पूर्वाञ्चल विश्वविद्यालयमा व्यापक भ्रष्टचार भएको र सोको छानबनिको माग गर्दै मोरङका स्थानीय १८ राजनीतिक दल र प्राध्यापकहरुले विगत ८ महिनायता विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us