बाह्य शक्तिको इशारामा सहमति भाँडिएको वैद्य मोर्चाको आरोप

काठमाण्डु टुडे २०७० असोज १ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, १ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसँग हुनै लागेको सहमति बाह्य शक्तिको इशारामा भाँडिएको निष्कर्ष निकालेको छ ।
baidhyaमाओवादी कार्यालय बुद्धनगरमा मंगलबार बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मोर्चाका नेता देव गुरुङले चार दल विदेशी शक्तिको अगाडि झुकेका कारण सहमतिको वातावरण बिग्रिएको बताए । उनले प्रमुख चार राजनीतिक दल र सरकारसँग वार्ताको औचित्य सकिएको निष्कर्षमा आफूहरु पुगेको जानकारी दिए ।

उनले वर्तमान गैरदलीय सरकार खारेज नभएसम्म ४ मंसिरको निर्वाचनमा आफूहरु सहभागी नहुने स्पष्ट गरे । उनले आफूहरुलाई बाइपास गरेर ४ मंसिरमै निर्वाचन गराउने अडानबाट पछि हट्न उच्चस्तरीय समिति र सरकारलाई आग्रह गरे । निर्वाचनमा सहभागी हुन खोजिरहेको ३३ दलीय मोर्चालाई प्रधानन्ययाधीशको राजीनामा अस्वीकार गरेर असहमतिको दिशामा धकेल्ने काम ४ दलका नेताहरुले जसरी गरे, यो ऐतिहासिक भूल हो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us