एमालेमा फर्कन आतुर छुः वामदेव

काठमाण्डु टुडे २०८१ वैशाख २४ गते १८:२२ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफूलाई एमालेमा फर्किने हतारो रहेको बताएका छन् ।

सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा सोमबार उनले आफू एमाले पर्कने आतुर रहेको बताए । गौतमले आफूलाई पार्टीमा फर्काउन अध्यक्ष केपी ओलीमाथि दबाब बढाउन एमाले कार्यकर्तालाई आग्रह गरे ।

ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा ओली पनि सँगै थिए । ‘म नमर्दासम्म एमालेमै काम गर्न चाहन्छु’, उनले एमाले कार्यकर्तालाई भने, ‘तपाईंहरुले मलाई पार्टीमा फर्काउन केपी ओलीलाई दबाब दिनुप-यो ।

गौतमले अध्यक्ष ओलीको आलोचना गर्न र खुट्टा तान्न नभई ०८४ को आमनिर्वाचनमा एमालेको पक्षमा ६० लाख मत ल्याउने योजनाका साथ प्रवेश गर्न चाहेको उनको भनाइ थियो । उनले आफूलाई ०८४ को निर्वाचनको कमाण्डर तोक्न ओलीलाई भनिसकेको उल्लेख गरे ।

गौतमले आफू एउटा शक्ति भएको र उक्त शक्ति एमालेले प्रयोग गर्न सक्ने जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us